कालापानी फिर्ता नहुँदै भारतीय राजदूत फिर्ता हुने



काठमाडौं : नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा राखेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्योसको चर्को विरोध भइरहँदा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको पदावधी सकिएर फिर्ता हुने तयारीमा छन् ।

२४ औँ राजदूतका रुपमा नेपाल आएका राजदूत पुरी आगामी डिसेम्बर ३१ देखि अवकास हुँदैछन् । राजदूत पुरीको पदावधी सकिएसँगै नेपालका लागि भारतीय राजदूत को बन्ने छन् भनेर दिल्लीमा समेत चर्चा परिचर्चा शुरु भएको छ ।

आगामी सन् २०२० को जनवरी १ देखि राजदूतको जिम्मेवारी सम्हाल्न काठमाडौं आउन सक्ने सम्भावित अनुहारहरुको पनि चर्चा हुन थालेको छ । नेपालस्थित भारतीय राजदूतावासमा रहेर अनुभव सङ्गालेका गोपाल वाग्लेको नाम चर्चामा छ । हाल उनी भारतको विदेश मन्त्रालयमा कार्यरत छन् ।

त्यस्तै सिंगापुरमा कार्यरत जावेद अहमद, अफगानिस्तानमा कार्यरत विनय कुमार र विदेश मन्त्रालयमा कार्यरत श्रीमती रेणु पालको नाम पनि नेपालका लागि भारतीय राजदूतको चर्चामा छ । तर, अहिलेसम्म मोदी सरकारले यस विषयमा टुंगो लगाइसकेको छैन ।

दिल्लीस्थित एक भारतीय सञ्चारकर्मीका अनुसार मोदी सरकारले कुटनीतिकका साथै नेपालको राजनीतिमा भिजेबुझेको व्यक्तिलाई नेपालका लागि राजदूत बनाउने सोच बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्