एक करोडको सिमी उत्पादन



जुम्ला : जिल्लामा अर्गानिक अन्नबाली उत्पादनका हिसाबले पकेट क्षेत्रका आधारमा सबै आत्मनिर्भर छन् ।

स्याउ, सिमी, आलु, मकै, कोदो, फापर, मार्सी धान लगायतका रैथाने अन्नबाली उत्पादनका हिसाबले जुम्लाका आठ स्थानीय तह आत्मनिर्भर छन् । जसमा यहाँको तिला गाउँपालिका ८ जुम्लाकोट सिमी र मकै उत्पादनमा जुम्लाकै आत्मनिर्भर गाउँ मानिन्छ । यस वर्ष वर्षात राम्रो भएका कारण जुम्लाकोटमा सिमी उत्पादन वृद्धि भएको छ ।

स्याउ पछिको प्रमुख नगदेबालीका रुपमा रहेको सिमी उत्पादन राम्रो भएको छ । यो वर्ष एक करोड बराबरको सिमी उत्पादन भएको छ । जुम्लाकोट गाउँमा १ सय ७० घरधुरी छन् । प्रतिघरमा ५ देखि ७ क्वीन्टलसम्म सिमी उत्पादन भएको छ । सिजनमै प्रतिकेजी एकसय रुपैयाँमा बिक्री गर्दा पनि प्रति किसानले ५ क्वीन्टल दरले ५० हजार आम्दानी गर्छन् भने, प्रतिघरमा ५ क्वीन्टलका हिसाबले गर्दा करिब ८५ लाख बराबरको सिमी उत्पादन भएको ८ नम्बर वडाध्यक्ष सन्तवीर रावतले बताए । काराेबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्