पर्यटकका लागि कर्णाली राजमार्गमा अग्र्यानिक घरवास


फाइल फोटो

दैलेख : देश-विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास (होमस्टे) सञ्चालन गरिएको छ ।

कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सोमबार उद्घाटन गरेका थिए । पछिल्ला दिनमा रारा आवतजावत गर्ने पर्यटकको वृद्धि भएसँगै सुविधाका लागि स्थानीयस्तरबाटै घरवास सञ्चालन गरिएको नगरप्रमुख भण्डारीले बताए ।

घरवासका लागि अहिले १० घरका स्थानीयवासीको सहमति भएको छ । स्थानीयस्तरमा उत्पादन भएको गिठ्ठा, दूध, दही, माछा, लोकल कुखुरा, खसीको मासु, तरुल, ढिँडो, रोटी, फलफूललगायतका परिकार मात्र बिक्री वितरण गर्ने घरवास सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । घरवास सञ्चालनका लागि नगरपालिकाले रु पाँच लाख रकम सहयोग गरेको छ भने घरेलु तथा साना उद्योग समितिले तालीम प्रदान गरेपछि कृषकलाई सहज भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको