अखिलको ऐतिहासिक कालापानी मार्चका नेतृत्वकर्ता अहिले पर्यटन मन्त्री (फोटोफिचर)



काठमाडौं : अहिले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि भारतले अतिक्रमण गरेको भन्दै देशव्यापी रुपमा चर्को विराध भइरहेको छ । राष्ट्रियता सम्बन्धी यो मुद्दामा नेपालका सबै दलहरु एकै ठाउँमा उभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार गरेको सर्वदलीय बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता गराउने सन्र्दभमा सबै दलको एउटै स्वर रह्यो ।

कालापानीको विषय धेरै वर्ष अगाडीदेखि उठ्दै आएको मुद्दा हो । २२ वर्ष अगाडी हाल संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अनेरास्ववियुका तत्कालिन अध्यक्ष योगेश भट्टराईको नेतृत्वमा विद्यार्थी, पत्रकार र सिमाबिज्ञ लगायतको टोली कालापानी क्षेत्रमा पुगेको थियो ।

अनेरास्ववियुको उक्त ऐतिहासिक कालापानी मार्चले यो मुद्दालाई राष्ट्रिय वहसको विषय बनाएको थियो ! हामिले कालापानी मार्च गरेको २ दशक पछाडी फेरी यो बिषय उठेको छ र सिमा अतिक्रमणका विरुद्ध सबैलाई एक ठाँउमा उभ्याएको छ ।

उक्त ऐतिहासिक कालापानी मार्चको अहिले चर्चामै छ । उक्त मार्चको फोटोफिचर ।

फोटो : तत्कालिन विद्यार्थी नेतृ इन्दिरा पन्तबाट

प्रतिक्रिया दिनुहोस्