करार अवधि पूरा नहुँदै टर्कीबाट फर्किए ३०० नेपाली



काठमाडौं : टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन् । मंगलबारसम्म झण्डै ३०० नेपाली  फर्किसकेको भन्दै  उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन् । 

काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्लोइमेन्ट सर्भिसले ९९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो । 

कम्पनीले एक वर्ष पुग्न लागेका कामदार फर्काउन लागेको हो । ‘कम्तीमा ३०० कामदार फर्काइसकेको छ । हामी ३४ जनाको टोली सोमबार राति आइपुगेका हौँ’ उदयपुरका किरण बान्तवाले भने, ‘केही टोली बुधबार राति आउँदैछन् ।’ 

उनी तीन लाख २५ हजार रुपैयाँ तिरेर टर्की उडेका थिए । उनीहरू ५०० अमेरिकी डलर तलब पाउने शर्तमा टर्की गएका थिए । आफूहरूले शर्तअनुसार सेवासुविधा–काम नपाएको, बढी पैसा लिएको, सम्झौताअनुसार नेपाली खाना नपाएको उजुरीमा उल्लेख गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्