किन फेरी पक्राउ परे ‘भीभीआइपी’ जुवाडे



काठमाडौं : जुवा खेलिरहेको अवस्थामा गत १७ कात्तिकमा पक्राउ परेका भीभीआइपी जुवाडेहरुलाई प्रहरीले फेरि पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई सोमबार धरौटीमा छाड्न साथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर बाहिरिने क्रममा उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखेको छ ।

गत १७ कात्तिकमा महाराजगञ्जस्थित गौतम श्रेष्ठको घरबाट पक्राउ परेका ती जुवाडेहरुबाट प्रहरीले २ करोड ६७ लाख बरामद गरेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान गर्न प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आज बुझाउने तयारी गरेको छ । महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी लम्सालले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले उनीहरुलाई पुनः पक्राउ गरिएको बताउँदै मङ्गलबार २५ यी जनालाई नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराउने जानकारी दिए ।

अनुसन्धानका क्रममा उनीहरुलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का विक्रम गौतम (मिनी क्यासिनो संचालक), दोलखा भिमेश्वर नगरपालिका–५का रामकृष्ण के.सी., दोलखा भिमेश्वर नगरपालिका–५ का इन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका–१५ का रञ्जन राजबंशी, काठमाडौं महानगरपालिका–३५ का श्यामप्रसाद पराजुली, काठमाडौं महानगरपालिका– २६ का अशोक श्रेष्ठ, काठमाडांै महानगरपालिका– ११ का सिताराम खड्का,काभ्रेपलाञ्चोक नमोबुद्ध– ११ का रोशन तामाङ्ग, काठमाडांै महानगरपालिका– २९ का राम तामाङ्ग, काठमाडौं गोकर्णेश्वर–६ का कृष्ण भण्डारी रहेका छन् ।

त्यसैगरी काठमाडौं महानगरपालिका– ६ का सुमन अग्रवाल, ओखलढुङ्गा पाप्ले– ३ का सुमन गुरुङ्ग, रौतहट चन्द्रनिगापुर– ३ का सोवित सिलवाल, ललितपुर महानगरपालिका–२० का सोहेल कार्की, काठमाडौं महानगरपालिका– ९ का पवन अग्रवाल, रामेछाप बाम्तीभण्डार–३ का पवित्रकुमार कार्की, काभ्रेपलाञ्चोक रोशी गाँउपालिका–४ का बलराम सापकोटा ‘बले’, काभ्रेपलाञ्चोक नमोबुद्ध– ९ का धावा लामा, काठमाडांै महानगरपालिका–१५ का मुक्ति लामा, बारा निजगढ–९ का शम्भु बुढाथोकी, ललितपुर ठेचो– ९ का प्रेमथापा मगर, काठमाडांै महानगरपालिका– २ भाङगिका बुद्ध लामा, सिन्धुपाल्चोक बाह्रविसे– ४ का शम्भु शेर्पा, काभ्रेपलाञ्चोक तिमाल–६ का नवाङ्ग लामा र काभ्रेपलाञ्चोक पनौती–५ का प्रदिप बोगटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्