यसरी कारबाहीमा परे सेनानी तिवारी


काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् । यसरी कारबाहीमा पर्ने प्राविधिक सेनानी हुन रामचन्दा तिवारी । अध्ययनका लागि बेतलवी विदामा २ वर्षका लागि जापान गएका प्राविधिक सेनानी तिवारी समय अवधि समाप्त हुँदा पनि उपस्थिति नभएपछि उनलाई भगौडा र अनुशासन र आचरणसम्बन्धी सैनिक ऐन बमोजिम उनलाई कारवाही गरिएको सेनाको मुख्यालयले जनाएको छ । तिवारी भगौडा भएपछि उनलाई २०७६ भदौ ८ गते पक्राउ गरी सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।

प्राविधिक सेनानी तिवारीले नेपाली सेनाबाट प्राप्त हुने सेवा सुविधा र सहुलियत लिएपछि आफ्नो अनुकूलको जिम्मेवारी नपाएको भन्दै सैनिक संस्थालाई आरोप लगाएर नेपाली सेनामै कार्यरत रहँदा थापाथली इन्जीनियरिङ क्याम्पसमा विभागीय स्वीकृति नलिई पार्टटाइम रिसर्च सुपरभाइजरको कार्य गर्नुका साथै २०७५ कात्तिक २५ गतेबाट प्राध्यापक पदमा स्थायी नियुक्ति लिएर जागिर खाएका थिए ।

उनलाई सैनिक ऐन, २०६३ अनुसार भगौडा र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा दोषी ठहर गर्दै २०७६ भदौ ०८ गतेबाट गणना हुनेगरी ६ महिना कैद र २०७५ चैत्र १८ गतेबाट लागु हुनेगरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने सजाय सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने