नापी विभागका महानिर्देशक भन्छन्–‘कालापानी, लिपुलेक हाम्रै हो’


काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध भइरहँदा केही समूह भने नापी विभागका महानिर्देशक प्रकाश जोशी विरुद्ध हात धोएर लागेका छन् । त्यो समूहले महानिर्देशक जोशीमाथि अनेक लालञ्छना लगाउँदै आएपछि विभागले विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ । जोशी महानिर्देशक हुना साथ रुष्ट बनेको उक्त समूहले जोशीलाई महानिर्देशक बन्न नदिन पनि हात धोएर लागेको बताइन्छ । अहिले जोशी महानिर्देशक बनेर आएपछि विभागमा धेरै परिवर्तन भएको र आक्रामक सुधार हुँदै गएको अवस्थामा यही मौका छोपेर त्यस्ता तत्वहरु सलबलाउन पुगेको विभाग स्रोतले बताएको छ ।

नापी विभाग र महानिर्देशक जोशीविरुद्ध एक समूहले सामाजिक सञ्जालमा भ्रमपूर्ण कुराहरु योजनावद्ध ढंगले सार्वजनिक गर्दै आएको छ । यसको खण्डन गर्दै जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘विभिन्न सामाजिक संजालमा नापी विभागका महानिर्देशकको नाम जोडेर भारतले हालसालै प्रकाशित गरेको राजनैतिक नक्सा सम्बन्धमा लेखिएको र देखिएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । साथै नेपालका राजनीतिक दलका शीर्षनेताहरुसँग समेत मेरो नाम जोडेर आएका विषय कपोलकल्पित, निराधार र असत्य हुन् । मानमर्दन गर्ने र भ्रम सृृजना गर्ने गरी सामाजिक संजालमा पोष्ट गरिएका सवै विषयमा मेरो ध्यानाकर्षण भएको छ ।’

यस्ता कपोलकल्पित, भ्रामक र अतिरंजित कुरामा विश्वास नगर्न पनि जोशीले आग्रह गरेका छन् । साथै भारत सरकारबाट प्रकाशित नक्सा सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा आइसकेको हुँदा तोकिएको जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध गर्दछु, महानिर्देशक जोशीको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने