प्रहरीमा जस लिने होडवाजी : काम गर्ने कालु, मकै खाने भालु


काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको समाचार बाहिर आएपछि केन्द्रीय अनुसन्धान व्यूरोले आफूले पक्राउ गरेको कुरा सार्वजनिक गर्यो । एउटा काममा दुई वटा कार्यालयले जस लिने गरी होडवाजी गरेपछि प्रहरी संगठनभित्रै चर्चाको विषय बन्यो ।

सीआईबीले ती अभियुक्तहरुलाई गिरफ्तार गरेको समाचारलाई प्रहरी प्रभाग साँखुले विज्ञप्ति प्रकाशित गरेपछि खण्डन भएको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले आफैंले पक्राउ गरेर बुझाएको भन्दै विज्ञप्तिनै जारी गरेका छन् ।

त्यसोत सीआईबीले प्रकाशित गरेको विज्ञप्तिमा साँखु प्रहरी प्रभागको सहयोग रहेको समेत उल्लेख गरिएको छैन । अभियुक्तहरुलाई साँखु प्रहरीले पक्राउ गरेपनि कामको जस लिन व्यूरोअघि सरेपछि प्रहरी मुख्यालयमा समेत हल्लीखल्ली भएको छ । व्यूरोले यस्तो नाटकीय काम गरेर हाँसोको पात्र बन्न पुगेको छ ।

अभियुक्त गोम लामा तामाङलाई साँखु प्रहरीले पक्राउ गरी केन्द्रीय अनुसन्धान व्यूरोलाई बुझाएको थियो । सोही गोमको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान व्यूरो शुक लामा तामाङलाई पक्राउ गरेको थियो । २०५९ साल कात्तिक २७ गते उनीहरुले धादिङको दार्खामा परशुराम तामाङको हत्या गरेपछि फरार रहँदै आएका थिए ।

प्रहरी निरीक्षक पन्थीले अभियुक्तलाई सिआईबीले नभई साँखु प्रभागले नै पक्राउ गरेको बताएका छन् । यसलाई पुष्टि गर्ने प्रमाण-आधारका रुपमा पक्राउ गरी बुझाएको पत्रसमेत उनले सार्वजनिक गरेका छन् ।

अभियुक्त पक्राउ गर्न साँखु प्रहरीले धेरै मिहेनत गरेपछि सफलता हात पारेको विषयमा यसको जस केन्द्रीय अनुसन्धान व्यूरोका अधिकारीहरुले लिन खोजेपछि प्रहरी मुख्यालयमा ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान चर्चाेमा आएको छ । यसले एकातिर फिल्डमा खटिने प्रहरीहरुको मनोवल गिराउने काम भएको छ भने अर्का तिर अस्वस्थ्य ढंगले जस लिने होडवाजीले संगठन भित्र काम गर्ने प्रहरीहरुमा निरासा छाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए

काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र

काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ उपचारको