रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट, प्रहरी जवान यादव घाइते



रौतहट : रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा सुतली बम विस्फोट हुँदा एक प्रहरी जवान घाइते भएका छन् ।

रौतहट प्रमुख जिल्ला अधिकारी किरण थापाले घटना भएको पुष्टि गरेका छन् । विस्फोटमा प्रहरी जवान रञ्जित यादव घाइते भएको उनले बताए ।

प्रहरीले घटनामा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रहरीले बीआर ०५एच६५०९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ भने अर्का एक जना फरार रहेको प्रहरलिे जनाएको छ ।

घटनाबारे थप विवारण लिने प्रयास भइरहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारीले घटनास्थलतर्फ प्रहरी पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्