अहिलेसम्म ४५ प्रतिशत मात्रै निजी आबास पुनर्निर्माण



काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माण तथा पुनस्र्थापना योजना बनाई तीन वर्षभित्र शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेको थियो । तर, यस अवधिमा जम्मा ४५ प्रतिशतमात्र निजी आवास निर्माण भएको छ । 

प्राधिकरणका अनुसार ८ लाख ८४ हजार ८ सय लाभग्राही रहेकोमा ७ लाख ४२ हजार १ सय ३५ भूकम्प प्रभावितले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ३ लाख ३७ हजार ३ सय १९ ले मात्र निजी आवास निर्माण गरेका छन् ।

विद्यालय भवन ५५ प्रतिशत मात्रै निर्माण भएको छ ।

पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब लागत अनुमान गरिएकोमा हालसम्म १ खर्ब ८६ अर्ब मात्र खर्च भएको प्राधिकरणले जनाएको छ। जुन २० प्रतिशत मात्रै हो ।आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्