कालापानीमा भारतीय सेनाको हवाई गस्तीले स्थानीयवासी त्रसित


काठमाडौं : भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्दै नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो देशमा पारेपछि नेपालमा चर्को विरोध भइरहेको बेला भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टर गस्ती बढाएको छ । नेपालमा सीमा मिचिएको विषयमा देशव्यापी विरोध भइरहँदा कालापानी लगायतको क्षेत्रमा दिनहुँ भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरुले निरीक्षण गरिरहेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ ।

पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, दिनहुँ भइरहने हवाई गस्तीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय समाजसेवी शंकर धामीले दिनहुँ भइरहेको हवाई गस्तीले हवाई युद्धकै तयारी भइरहेको होकी भन्ने त्रास र अनुभूति दिएको बताउँछन् । धामीले नेपालको आफ्नै भूमिमा पनि उपस्थिति देखाउन नसक्दा भारतीय सुरक्षाकर्मीको दादागिरी चल्दै आएको बताए ।

कालापानी क्षेत्रमा भारतले सीमा सुरक्षा बल (एसएसबी) र इन्डो तिब्बतियन बोर्डर पोलिस(आईटीबीपीं)को सुरक्षा दस्ता तैनाथ गरिएको जानकारी यसअघि नै सार्वजनिक भएको विषय हो ।

उत्तराखण्ड राज्यको पिथौरागढमा केही महिनाअघि मात्रै नैनीसैनी विमानस्थल सञ्चालनमा आएको छ । धामीका अनुसार नेपाल र चीनको सीमानजिकै रहेको यो विमानस्थलमा भारतीय वायु सेनाको लडाकु विमानको नियमित उडान भइरहेको छ ।

यस्तै पिथौरागढदेखि ९२ किलोमिटर सडकमार्गको दूरीमा रहेको धार्चुलाभन्दा उत्तरतर्फको भूभागमा केही दिन बिराएर लडाकु विमानले गस्ती पनि गर्दै आएको छ । पिथौरागढको नैनीसैनी विमानस्थलबाट १५ किलोमिटरको हवाई रेञ्जमा भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समेत अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ । सेन्टर फर मलिकुलर

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन

गोरखा : गोरखामा एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररच

बझाङ : बझाङमा शनिबार बिहान पहिरो जाँदा १७ घर पुरिएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली सुदूरपश्चिम प्रदेश

धनगढीः कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंगठन नेविसंघका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनमाथि हमला गरेका छन्

तम्घास : गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन्