प्रदेश मन्त्रीहरुको चर्तिकला : झापडदेखि पापडसम्मको काण्ड


काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन् । जनसेवाका कामहरुभन्दा पनि आफूसेवाका कामहरु गरेर चर्चामा आउने यी प्रदेश मन्त्रीहरु एकपछि अर्को गरी कारवाही तथा कानुनी सजायमा पनि पर्दै गैरहेका छन् । कारवाहीका प्रक्रिया अन्तरगत विवाद, देवानी मुद्दा, फौजदारी मुद्दा, राजीनामा, कारबाही, बर्खास्त आदि सामान्य हुन थालेका छन् ।

विवादित यी मन्त्रीहरु कतिपय सम्बन्धित पार्टीको कारवाहीमा, अरु कतिपय कानुनी कारवाहीमा त केही अरु भने मुख्यमन्त्रीको कारवाहीमा पर्ने गरेका छन् । यस्ता मन्त्रीहरुमध्ये पछिल्लो चरणमा सुदूरपश्चिमका उद्योगमन्त्री प्रकाश रावल कारवाहीमा परेका छन् ।

प्रकाश रावल
आर्थिक विवादका कारण पद गुमाउने प्रदेश मन्त्रीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल रहेका छन् । एक कम्पनीको सेयरधनीका रूपमा उनीविरुद्ध अदालतमा ठगी र किर्ते मुद्दा दायर हुनु नै उनको राजीनामाको कारण बन्न गएको छ । उनीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेपछि नैतिकताका आधारमा राजीनामा दिएका छन् ।

१५ करोड ६७ लाख बिगोसहित जिल्ला अदालत कञ्चनपुरमा उनीविरुद्ध गत साउनमै ठगी तथा किर्ते मुद्दा दायर भएपछि उनी संकटमा परेका हुन् । सोही मुद्दालाई लिएर सम्पत्ति शुद्धीकरणले उनको सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । उनीसहित ३६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । यो मुद्दामा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीसमेत छन् ।

मुद्दा परेसँगै अदालतमा उपस्थित नभएका राज्यमन्त्री रावल सरकारी वकिलले मुद्दा दायर गरेपछि आश्चर्यमा परेका छन् । आफू कम्पनीको साधारण सेयर सदस्य मात्र रहेको बताउने रावल आफूबाट कसरी ठगी र किर्ते हुन सक्छ भनी प्रतिप्रश्न गर्छन् । आफू फरार नभएकाले अदालतमा उपस्थित भएर वास्तविकता खुलस्त गर्ने दाबी गर्छन् ।

दीर्घ सोडारी
सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारी महिलासँग अश्लील बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद उत्पन्न हुन गएपछि बर्खास्तमा परेका हुन् । उनी सम्बद्ध पार्टीमा पनि आर्थिक तथा चारित्रिक विषयमा गम्भीर उजुरी परेकाले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका थिए ।

खडगबहादुर खत्री
आर्थिक क्षेत्रमै विवादमा तानिएका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खडगबहादुर खत्री गत भदौमा पदमुक्त भए । ठेकेदारसमेत रहेका खत्रीको कम्पनीले सडकको ठेक्काको क्रममा नक्कली बैंक ग्यारेन्टी पेस गरेपछि उनी बैंकिङ कसुरमा दोषी पाइएका थिए ।

मुद्दा चलेपछि उनको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान थालेको थियो । सीआइबीले उनलाई सोधपुछ नगरी मुद्दा चलाएका कारण उच्चअदालत पाटनले तीन महिनाभित्र मन्त्रीलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएपछि उनलाई बर्खास्त गरी भदौमा अदालतमा उपस्थित गराई पाँच लाख धरौटीमा छुटेका थिए । उनको मुद्दा विराधीन छ ।

केशव स्थापित
कारवाहीमा परी पद गुमाउने पहिलो प्रदेश मन्त्रीहरुमा केशव स्थापित पहिलो व्यक्ति हुन् । प्रदेश–३ का भौतिक योजना तथा विकासमन्त्री रहेका उनलाई १६ भदौ २०७५ मा मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए । मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री पौडेललाई गालीगलौज र दुव्र्यवहार गरेपछि उनलाई हटाइएको थियो । तर, अहिलेसम्मखाली रहेको उनको स्थानमा कसैलाई पनि नियुक्त गरिएको छैन । त्यो जिम्मा मुख्यमन्त्री पौडेल आफैले सम्हालिरहेका छन् ।

सचिवलाई झापड हान्ने मन्त्री यादव
गत वर्ष प्रदेश–२ आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव सचिव कुटेको कुरा सेलाएको छ । गत वर्ष पुस २९ गते योजनामन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेका थिए ।

मन्त्री यादवले सचिव झालाई आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडी झापड तथा लातले हानेको कुराले चौतर्फी चर्चा पाएको थियो ।

प्रदेश–२ सरकारले कुटपिटको विषयमा छानविन गर्न मन्त्रीस्तरिय समति गठन गरेको थियो । मन्त्रीपरिषद्को बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थिया ।

समितिमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्र तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य छन् । समितिलाई घटनाको सत्यतथ्य छानविन गरी बाहिर ल्याउन निर्देशन दिइएको थियो ।

घटना घटेको करिब १ वर्ष वित्नै लाग्दा पनि छानबिन समितिले तथ्यसत्य बाहिर ल्याउन सकेको छैन । त्यसोत सो विषय त्यतिकै सेलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने