रामेछाप बजारमा एकाबिहानै आगलागी



रामेछाप: रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । आज बिहान एक्कासी आगलागी सुरु भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौको धनमालमा क्षति पुगेको छ । नेपाली सेना, प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्राणमा आएको प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । आगो लाग्नुको कारण नखुलेको र अनुसन्धन भइरहेको प्रबक्ता अदालतले बताए ।

प्रतिक्रिया दिनुहोस्