वरिगन्जका मेयरलाई गाली गर्ने तिवारी पक्राउ



वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयरलाई सार्वजिक स्थलमा गाली बेइज्जत गर्ने नेपाल टेलिकमका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । टेलिकमका चालक वीरगन्ज १५ भिस्वा निवासी केदार तिवारीलाई वीरगन्जको बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

मेयर विजय कुमार सरावगी वीरगन्जको विकासको मुख्य बाधक भएको भन्दै तिवारीले गत असोज २६ गते सार्वजनिक स्थलमै अपशब्द प्रयोग गर्दै गाली गलौज गरेका थिए । सोही आरोपमा तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक गौत्तम थापाले जानकारी दिए ।

तिवारीलाई निवेदनको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उपरीक्षक थापाले तिवारीले गाली गरेको प्रमाणित भए सार्वजनिक अपराध मुद्दा दर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्