जनकपुरधाम: मिथिलाको प्राचीन राजधानी जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा मिथिला आर्टको ग्यालरी खुलेको छ । मिथिला आर्टमा ख्याति प्राप्त महोत्तरीकी सुनैना ठाकुरले मिथिला आर्ट ग्यालरी खोलेकी हुन् ।
जनकपुरधाम आउने पर्यटकहरुलाई लक्षित गरेर मिथिला कला संस्कृतिको प्रवर्धनको हेतुले यो आर्ट ग्यालरी मन्दिर प्राङ्गणमै खोलिएको कलाकार सुनैनाले बताइन् । अाफ्नाे कला र संस्कृति जगेर्ना र प्रदर्शन गर्न अाफूलार्इ मन्दिर अगाडि नै ठाउँ दिएकाेमा जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिरलाई धन्यवाद दिइन् ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले अाफूहरुले कला प्रदर्शनीका लागि स्थान मात्र उपलब्ध गराएको र अार्ट ग्यालरी खुलेपछि मिथिला अार्ट खाेज्दै जानकी मन्दिर आउने आन्तरिक र बाह्य पर्यटकहरुलार्इ सहज भएकाे बताए ।
युवा अगुवा सरोज मिश्र पनि मिथिला कला संस्कृतिको विकास र प्रवर्धनको लागि यो ग्यालरीले माहौल बनाउने विश्वास व्यक्त गर्छन । मिथिला आर्टको यो ग्यालरीको उद्घाटन हुन बाँकी भएकाले राम्रो तिथिमिति हेरेर छिट्टै उद्घाटन गर्ने सुनैनाकाे भनार्इ छ ।
ग्यालरीमा कपडा, कागज र स्थानिय विभिन्न प्रकारका सामाग्रीमा मिथिला आर्ट कोरेको अंकित अार्ट बनाउने ठाकुरले बताइन् ।