निर्धन उत्थान बैंकका कर्मचारीको साढे ४ लाख लुटियो



वीरगन्ज : बाराको प्रसौनीमा निर्धक उत्थान बैंकका कर्मचारी जीवन खड्काको साथमा रहेको ४ लाख ४२ हजार रुपैयाँ लुटिएको छ ।

खड्का बिहान फेटा गाउँपालिका–२ जगतपुर टोलमा महिला समुहको रकम संकलन गर्न गएका थिए । महिला समूहबाट संकलन गरी फर्कने क्रममा बीच बाटोमा भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जना हतियारधारी समूहले सो रकम लुटेर फरार भएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

खड्का अनुसार बन्दुसहित आएका उनीहरुले एक राउण्ड हवाई फायरिङ गरि आफूसँग भएको ४ लाद ४२ हजार रुपैयाँ लुटेर भारततर्फ भागेको जनाए ।

लुटेराले गोली चलाए पनि मानवीय क्षति नभएको प्रहरी परीक्षक खनालले बताए । घटनामा समलग्न व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्