सभापति देउवा भन्छन् : अख्तियार शाही आयोग जस्तै बनाइयो



हेटौँडा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले बहुमतको दम्भमा विभिन्न संवैधानिक आयोगहरुलाई आफ्नो स्वार्थ अनुरुप चलाएको आरोप लागएका छन् ।

देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तै बनाउन खोजेको बताउदै सरकारी रवैयाको जमेर विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सरकारका विरुद्ध ठूलो लडाइ लड्नु परेको बताउँदै उनले यसका लागि कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले विदेशीसँग ऋण लिएर रेल बनाउन नहुने धारणा पनि व्यक्त गरे ।

उनले अहिले देशमा बाटो, सडक, शिक्षा र स्वास्थ्य बढी आवश्यक भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्