लागूऔषधसहित भारतीय नागरिक पर्सामा पक्राउ



वीरगन्ज : पर्सा प्रहरीले ठूलो परिणाममा लागूऔषध टिटि सुइ इन्जेक्सनसहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ ।

भारत बिहार मोतिहारी जिल्लाको रामगढवाका ३० वर्षीय विशाल पटेललाइ १५ सय पिस लागू औषध टिटि सुइ इन्जेक्सन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको लागूऔषध नियन्त्रण ब्यूरो र वीरगन्ज भसारको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको सयुक्त टोलिले पटेलको साथ बाटा लागू औषध ईन्जेक्सन डाईजोल्याव ५०० पिस, नेर्फिन ५०० पिस र फेनारगन ५०० पिस बरामद गरेको हो ।

सिमावर्ती शहर रक्सौलबाट शरिरको विभिन्न भागमा लागू औषध लुकाइ छिपाइ वीरगन्ज भित्रियाएको अवस्थामा वीरगन्ज १६ रजतजयन्ती चौकबाट पैदल आइ रहेको अवस्थामा पटेललाइ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गौत्तम थापाले बताए ।

हाल पटेललाइ जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गर्ने काम भइ रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्