मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात



एजेन्सी : मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ । मङ्गोलियाको भन्सार विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा यस वर्षको जनवरीदेखि अक्टोबर महिनाभित्र करिब तीन करोड २३ लाख टन कोइला निर्यात भएको उल्लेख छ । यो कोइलामध्ये सबैजसो चीनले आयात गरेको विभागले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १४ लाख टन बढी उत्पादन हो । कोइला नै मङ्गोलियाको प्रमुख निर्यातयोग्य बस्तु हो, र सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् तीन करोड ६५ लाख टन कोइला निर्यात गरेको थियो । मङ्गोलियाले आगामी दिनहरुमा प्रतिवर्ष चार करोड टन कोइला निर्यात गर्ने लक्ष्य राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्