भारतको महाराष्ट्रमा राष्ट्रपति शासनको सिफारिस


एजेन्सी : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउन राज्यपाल भगतसिंह कोस्यारीले सिफारिस गरेका छन । राज्य विधानसभाको चुनावपछि सरकार गठन गर्न कुनै पनि दल असमर्थ रहेको भन्दै कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुन । मुम्बईस्थित राज भवनबाट जारी गरिएको वक्तव्यमा भारतीय संविधान बमोजिम राष्ट्रपति शासनका लागि सिफारिस गरिएको उल्लेख छ ।

राज्यपाल कोस्यारीले एनसिपी पार्टीलाई मंगलबार साँझ ८.३० बजेसम्म सरकार गठनका लागि आवश्यक बहुमतसहित उपस्थित हुन निमन्त्रणा दिए पनि त्यो म्याद अघि नै राष्ट्रपति शासनका लागि सिफारिस गरिएको छ । राज्यपालले यस्तै अवसर शिव सेनालाई पनि दिएका थिए । राज्य विधानसभामा शिव सेना दोस्रो स्थानमा छ ।

राज्य विधानसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाको गठबन्धनले बहुमत स्थान जिते पनि सरकारको नेतृत्व र शक्तिको बाँडफाँडका विषयमा मतभेद चुलिएपछि सरकार गठन हुन सकेको छैन । गत अक्टोबर २४ मा घोषित परिणाम अनुसार भारतीय जनता पार्टी राज्यमा १०५ स्थान जितेर पहिलो दल बने पनि शिव सेनासँग सहमति हुन नसकेपछि सरकार गठनको पहल गरेको छैन ।

भाजपाले मुख्यमन्त्री सहित सत्ताको नेतृत्व गर्न चाहेको छ, तर शिवसेनाले यसपटक आफूले मुख्यमन्त्री पद पाउनु पर्ने दाबी गर्दै आएको छ । यसैबीच, शिव सेनाले आफूलाई सरकार गठनका निम्ति पर्याप्त समय नदिएको भन्दै महाराष्ट्रका राज्यपाल कोस्यारी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । शिव सेनाले राज्य विधानसभाको चुनावमा दोस्रो स्थान हासिल गरेको थियो ।

कूल २८८ स्थान रहेको महाराष्ट्र विधान सभामा भाजपाको १०५, शिव सेनाको ५६, एनसिपीको ५४ र कङ्ग्रेसको ४४ स्थान छ । शिव सेनाले एनसिपी र कङ्ग्रेससँग मिलेर सरकार गठन गर्ने पहल थालेको छ । यी तीन दल मिलेको खण्डमा सरकार गठन हुन सक्नेछ । एनसिपी र कङ्ग्रेसले शिव सेनालाई समर्थन गर्ने बताइ सकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १