भैरवनाथ जात्रा शुरु


काठमाडौं : कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइने ऐतिहासिक र सांस्कृतिक चन्द्रविनायक तथा भैरवनाथ जात्रा शुरु भएको छ । चन्द्रविनायक र भैरवको पूजा गरी आज जात्राको शुभारम्भ भएको हो ।

जात्रा समितिका सदस्य राजु भारतीका अनुसार आज बेलुकी पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीबाट दाउरा ल्याई धुनी जगाइन्छ । बेलुकी भजन र सांस्कृतिक गतिविधि झल्काउने कार्यक्रम प्रस्तुत गरिने उनले उल्लेख गरे।

चारदिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । बुधबारदेखि चन्द्रविनायक र भैरवको रथलाई चावहिलबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाइन्छ । “यसक्रममा सिन्दुर जात्रा, भोज खानेलगायत कार्यक्रम गरिन्छ”, जात्रा समितिका संयोजक नवीन गोर्खालीले बताए। उपत्यकाका चार गणेशमध्येको एक चन्द्रविनायक चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

गत वर्ष पुनःनिर्माण शुरु गरिए पनि पुराना र नयाँ सामग्रीको विवादले काम रोकिएको छ । जात्रापछि पुनःनिर्माण थालिनेछ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको

काभ्रेपलाञ्चोक: जिल्लाको दुई गाउँपालिका वडा सचिवविहीन अवस्थामा रहेका छन् । तेमाल र महाभारत गाउँपालिकाको १७

भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी

काठमाडौ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने