ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री ब्राजिल प्रस्थान



एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलमा आयोजना हुने ११औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । ब्रिक्स समूहमा विश्वका ठूला अर्थतन्त्र भएका पाँच देश संलग्न छन् जसमा भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

यी देशले विश्वको कूल जनसंख्याको करिब ४२ प्रतिशत, विश्वको कूल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत तथा विश्व व्यापारको करिब १७ प्रतिशत हिस्सा ओगटेका छन् । दुई दिने ब्रिक्स शिखर बैठकको मुख्य नारा समुन्नत भविष्यका लागि आर्थिक वृद्धि राखिएको छ । प्रधानमन्त्री मोदीका साथ भारतीय उद्यमी व्यवसायीको ठूलो समूह पनि सहभागी हुँदैछ । रासस

प्रतिक्रिया दिनुहोस्