पोर्चुगलमा नेपाल भ्रमण वर्ष अभियान


लिस्बन : पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष–२०२० को प्रवद्र्धन गर्ने कार्य भइरहेको छ । नेपाली महिला समाज पोर्चुगलको अगुवाइमा राजधानी लिस्बनको मुटु मानिएको आरोइस जुन्ता फमेसियाले इन्तिदेन्तको लिडिल हलमा विभिन्न देशका बहुसांस्कृतिक प्रदर्शनीमा नेपाली संस्कृति र नेपाल भ्रमण वर्षको प्रचारप्रसार र प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपाली बालबच्चाहरु नेपालको संस्कृति र पर्यटन झल्कने नृत्य प्रस्तुत गरेका थिए भने नेपाली महिलाले आ–आफ्नो वेशभूषामा मादल बजाएर लोकसंस्कृति झल्काउने खालको प्रस्तुति गरेका थिए । “नेपाली महिलाहरुका तर्फबाट हामी स्थानीय पोर्चुगिस समुदायसँग घुलमिल हुँदै हाम्रो देशको संस्कृति चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने प्रयास गरिरहेका छौँ”, महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकाल खरालले भने ।

बहुसंस्कृतिको प्रवद्र्धन गर्ने र एकापसमा अनुभव र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले प्रचारात्मक कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । पोर्चुगललगायत २६ देशका नागरिकले सहभागिता जनाएको कार्यक्रममा आ–आफ्नो देशको कला, संस्कृति, वेशभुषा, रहनसहनका बारेमा प्रचारप्रसार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए

काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र

काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल