उपनिर्वाचन २०७६ : भोजभतेर रोक्न सुझाव


वीरगञ्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका–५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज निर्वाचन आचारसंहिता र उम्मेदवारको मनोनयनबारे सर्वदलीय तथा सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाँउपालिका–५ का वडाध्यक्ष वृजमोहन राय यादवको मृत्युपछि सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

सो गाउँपालिकाको वडा नं २ स्थित दीपनारायण आदर्श माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५ को उपदफा १ बमोजिम निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ । सोही गाँउपालिका–५ महुवन स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निर्वाचन हुने र त्यहाँ एउटा मतदान केन्द्र तथा तीन मतदान स्थल कायम गरिएको छ ।

महुवन, बलुवा र सोलखपुर गाउँ रहेको उक्त वडामा दुई हजार ६०२ मतदाता छन् । अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधि र सम्भावित उम्मेदवारले निर्वाचनमा धाँधली रोकिनुपर्ने, दल तथा उम्मेदवारले आचारसंहिता पालना गर्नुपर्ने, फजुल खर्च रोक्नुपर्ने, मतदातालाई प्रभावमा पार्न उम्मेदवारद्वारा गरिने भोजभतेर रोकिनुपर्नेलगायत सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गर्न स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रञ्जिता झा, सखुवा प्रसोनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल, मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, नेकपाका वासुदेव थारु, राष्ट्रिय समाजवादी पार्टीका रुपलाल यादव, राजपाका चन्द्रिका साह, राप्रपाका नगिनाप्रसाद यादव, बहुजन शक्ति पार्टीका नुरआलम अन्सारी, राष्ट्रिय जनपार्टीका केशवराज सुकलालगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधामः महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरका राजकिशोर महतो र उनकी श्रीमति गंगादेवी पहिलो सन्तानको प्रतिक्षामा थिए

काठमाडौं : शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ

अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिबिना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा

काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र

काठमाडौँ : टीकापुर हत्याकाण्डका मुख्य आरोपी रहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई वीर अस्पताल

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । बिहीबार साँझ उपचारको