सरकारी छात्रवृत्तिमा पढेका ७२ विशेषज्ञ चिकित्सक लाइसेन्सविहीन



काठमाडौं : देशमा विशेषज्ञ डाक्टरको अभाव छ, तर सरकारी छात्रवृत्ति विशेषज्ञ (एमडी) गरेका ७२ चिकित्सकले लाइसेन्स नै पाएका छैनन् । लाइसेन्स अभावमा उनीहरूको ‘पोस्टिङ’ हुन सकेको छैन ।

चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्तिप्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ अनुसार स्वास्थ्य मन्त्रालयले ७२ चिकित्सकलाई सरकारी शिक्षण संस्थाहरूमा एमडी गराएको थियो ।

देशभर विशेषज्ञ चिकित्सक अभाव भएको वेला सरकारले तीन वर्षअघिबाट नियमित रूपमा सरकारी शिक्षण संस्थामा एमडी पढाउन सुरु गरेको थियो । ‘चिकित्सकहरूको पोस्टिङ रोकिँदा सेवामा गम्भीर समस्या देखा परेको छ’, स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्