प्रहरी मुख्यालयमा पुगेपछि पूर्व एसएसपीको सनसनीपूर्ण बयान


यादवराज खनाल, पूर्व एसएसपी
काठमाडौं :
धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग केहिबेर भला–कुसारी गर्ने मौका पनि मिल्यो, आफुपनि पूर्व प्रहरी अधिकृत भएको नाताले मुख्यालय भित्रको भौतिक तथा अन्य गतिविधिहरु माथि आखा लाग्नु स्वभाविक नै थियो । समयको विकासक्रमसँगै प्रहरी मुख्यालय भित्रका भौतिक संरचनाहरुले ज्यामितिय फडको मारेको देखियो । केहि वर्ष अघिसम्म प्रहरी भित्र निस्सृत गरिएका अत्यन्त कम साधन स्रोतबाट गुज्रिएको नेपाल प्रहरी आज मुख्यालय भित्र हेर्दा सातै प्रदेश लैजान तयार गरिएका Riot Control Vehicle लगायत अन्य सवारी साधनहरुले फुटबल ग्राउन्ड ओगटेको देखियो ।

नेपाल प्रहरीमा हाल हाराहारी ७५ हजार संख्या पुगिसकेको छ, ति सबै प्रहरीको उतरदायित्व भनेको राष्ट्रिय स्वार्थलाइ शिरोधार्य गरि जनसेवामा आफ्नो सामर्थयता खर्चिनु नै हो तर पनि ७५ हजारको फौजमा केहि भ्रष्ट र नालायक नहोलान भन्न चाही सकिदैन, तर तिनलाई हेरेर सम्पूर्ण प्रहरी संगठन नै भ्रष्ट र नालायकी देख्नु चाहि किमार्थ न्यायोचित हुँदैन ।

प्रहरीहरु असाधारण क्षमता भएका रास्ट्रसेवक हुन, कर्तव्यपालनको शिलशिलामा उनिहरु कैयौं दिनसम्म पनि अप्ठ्यारा भूगोलहरुमा आफ्नो व्यावसायिक प्रतिबद्धता डगमगाउन दिँदैनन् तर प्रहरी भित्रकै आन्तरिक खिचातानीको चपेटामा परेर अरुले प्रहरीमाथि चोर औंला ठड्याउने अवसर पाएका छन् । हुनत प्रहरी भित्रको आन्तरिक एकतामा खलल ल्याइ उसको कामकारबाहीमा प्रश्न चिन्ह खडा गर्ने र प्रहरीको नेतृत्वलाइ अस्थिर बनाउने प्रहरीको पुरानै परिपाटी हो फलस्वरूप हालको प्रहरी नेतृत्वमाथी पनि बेलाबेलामा नकारात्मक तथा भ्रामक समाचारहरु पढ्न सुन्न पाइन्छ, तर आज प्रहरी मुख्यालयभित्र मैले जे परिवर्तन भएको देखे त्यसबाट प्रहरी नेतृत्वमाथी लागेका आरोप–प्रत्यारोपहरु अनार्गल तथा पुरानै परिपाटीकै थालनी हो भन्ने महसुस भयो ।

मैले यसो भनिरहँदा कसैलाई यो पनि लाग्न सक्छ कि, यस्ले किन प्रहरी नेतृत्वको भजन गाइरहेछ भनेर ! तर म स्वयं नै हालका प्रहरी नेतृत्वभन्दा एक व्याज सिनियर रिटायर प्रहरी अधिकृत हुँ, मैले उनिबाट केहि लिनुदिनु छैन, तर नेतृत्वबाट भएका राम्रा कामहरुको म स्वयंले जे जस्तो परिवर्तन देखे त्यस्को यथास्थितिको चित्रण मात्र गरेको हु ।
यसै अवसरमा प्रहरी नेतृत्वलाई एउटा सुझाव पनि दिन चाहन्छु, नेपालीमा एउटा उखान छ, “भाई फुटे गवार लुटे“आज तपाईमाथी जुन अनर्गल प्रचारहरु भइरहेछ त्यो तेसैको परिणाम हो, त्यसैले आफ्नो भाईहरुलाइ पनि मिलाएर संगै लिएर हिँड्ने प्रयास गर्नुस जुन संगठनको लागी अझ बहुमूल्य हुनेछ र भयरहित समाजको परिकल्पनाको लागी तपाईहरुको भावना एकबद्व हुन यस्ले ठूलो टेवा पुर्याउदछ ।

प्रहरीमाथि विभिन्न गम्भीर चुनौतीहरु आइपर्दा पनि तपाईको नेतृत्वले अपर्याप्त साधनस्रोत तथा प्रहरी जनताबीच आसन्न संकटलाई सामना गर्दै आएको र संगठनले भोगेको त्यो शास्वत पिडा कसैबाट लुकेको छैन तसर्थ अन्त्यमा यो सुझाव पनि दिन चाहन्छु कि अब मेरो अवकाश हुन ३ महिना बाँकी छ भनेर चुप लागेर नबस्नुहोस्, अवकाश हुने १ दिनअघिसम्म पनि ७५ हजार प्रहरीलाई पूर्ण व्यावसायिक बनाइ इच्छाशक्तिको आयतन फरकिलो पार्दै लाने प्रयास गर्नुहोस्, तपाईंलाइ इतिहासले कहिल्यै भुल्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका

काठमाडौं : सिंहदरबारस्थित हुलाक सेवा विभागको भवनमा आगलागी भएको छ । ननिभेका चुरोठका ठुटाबाट हिजो

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले

काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि