मुम्बईमा राष्ट्रपति शासन लगाउन दिल्लीसँग हारगुहार


मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका छन् ।

महाराष्ट्रको राज्य विधानसभामा कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि राज्य सरकार गठनमा अन्यौलता थपिंदै जाँदा राज्यपाल कोस्यारीले राष्ट्रपति शासनको प्रस्ताव गरेका हुनसक्छन् । तर शिवसेनाले यो कुरालाई ठाडै अस्वीकार गर्दै सर्वोच्च अदालत पुगेको छ ।

मुम्बईस्थित राजभवनबाट जारी गरिएको एक विज्ञप्तिमा महाराष्ट्रको राजनीतिक निकासका लागि भारतीय संविधान बमोजिम राष्ट्रपति शासन लागू गर्न सिफारिस भैआएको उल्लेख गरिएको छ । राज्यपाल कोश्यारीले भने राजनीतिक दलहरुलाई पटकपटक सरकार गठनका लागि आह्वान गरेपनि हरेक प्रयास विफल भएपछि केन्द्रीय हस्क्षेपका लागि हारगुहार गरेको दाबी गरिरहेका छन् ।

एनसिपी पार्टीलाई मंगलबार साँझ ८.३० बजेसम्म सरकार गठनका लागि आवश्यक बहुमतसहित उपस्थित हुन निमन्त्रणा दिए पनि त्यो म्याद अघि नै राष्ट्रपति शासनका लागि सिफारिस गरेर राज्यपाल कोश्यारीले जात्रा देखाएको राजनीतिक विश्लेषकहरुको गुनासो छ ।
राज्यपाल कोश्यारीले राज्य विधानसभामा दोस्रो स्थानमा रहेको शिव सेनालाई समेत् सरकार गठनका लागि मौका दिएका थिए । राज्य विधानसभाको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र शिव सेनाको गठबन्धनले बहुमत स्थान जिते पनि सरकारको नेतृत्व र शक्तिको बाँडफाँडका विषयलाई लिएर त्यहाँ सरकार गठन हुन सकिरहेको छैन ।

भाजपाले मुख्यमन्त्रीसहित सत्ताको नेतृत्व गर्न चाहे पनि शिवसेना त्यो मान्न तयार छैन, बरु यसपटक आफुहरुले मुख्यमन्त्रीको जिम्मेवारी पाउनु पर्ने दाबी गर्दै आएको छ । यसै विषयलाई लिएर शिव सेनाले आफूहरुलाई सरकार गठनका निम्ति पर्याप्त समय नदिएको भन्दै राज्यपाल कोश्यारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत् दायर गरिसकेको छ ।

कूल २८८ स्थान रहेको महाराष्ट्रको विधान सभामा भाजपाको १०५, शिव सेनाको ५६, एनसीपीको ५४ र कांग्रेस आईको ४४ स्थान रहेको छ ।

पछिल्लो समयमा शिव सेनाले एनसीपी र कांग्रेसआईसँग मिलेर सरकार गठन गर्ने पहल थालेको छ । यी तीन दलबीच सहमति भएमा राज्य सरकार गठन हुन सक्ने संभावना प्रवल रुपमा देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : स्थानीय तहको कर्मचारी सरुवामा सहमति जुटेको छ । जसअनुसार स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप

काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को समापन आज (मंगलबार) हुँदैछ । समापनको दिन

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको

काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ । नेकपा अध्यक्ष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशन बोलाउने तयारी गरिरहेकी छन् । उनले संसदको

काठमाडौं : काठमाडौं–मधेस जोड्ने द्रुतमार्गको निर्माण कार्य २०८१ मा सम्पन्न हुने भएको छ । सोमबार

काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर

काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको

काठमाडौं : हिजो (आइतबार) बाँकेको कोहलपुरमा भएको घटनालाई लिएर नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध गरेको