परीक्षामा चौथो बनेका एआईजीलाई प्रमुख बनाउन चलखेल



काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनाललाई हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्कर कार्कीलाई आईजीपी बनाउने चर्चाले बजार तताएको बेला अर्का एक जना एआईजी पनि एउटा सरकारी संस्थाको प्रमुख बनेर जान लागि परेका छन् ।

सु्रक्षाफौजमा कार्यरत रहेकै बेला निवेदन हालेर अर्को संस्थामा जाने संभवत पहिलो नमुनाका रुपमा ति एआईजी देखिएका छन् । ति एआईजी अर्को कुनै फौजी संस्थामा जान लागेका भने होईनन् । तर संस्था भने सरकारी नै हो । यसअघि नेपाल प्रहरीका उच्च अधिकारीहरु राष्ट्रि अनुसन्धान विभागको प्रमुखमा सरुवा गर्ने चलन भएपनि सरुवा भएर गएका भने थिएनन् ।

बामदेव गौतम उपप्रधान तथा गृहमन्त्री भएका बेला तत्कालिन आईजीपी अच्युतकृष्ण खरेललाई सरकारले विभागको प्रमुखमा सरुवा गरेपनि उनी गएका थिएनन् । त्यसपछि एआईजी राजेन्द्रबहादुर सिंह र डिआईजी रविकान्त अर्याललाई विभागमा सरुवा गरेपनि उक्त निर्णय कार्यान्वयन भएको थिएन ।

तर बहालवाला एआईजी कुनै फौजी संस्थामा नभएर सरकारले नयाँ स्थापना गर्न लागेको संस्थामा प्रमुख भएर जान निवेदन हालेका हुन । यसरी निवेदन हाल्ने एआईजी ठूले राई हुन भने संस्थाको नाम हो हालै गठन भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण । आउदो माघ महिनामा अवकाश लिँदै गरेका एआईजी राईलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बनाउन गृहसचिव प्रेम राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमत गराएपछि उनले निवेदन हालेको बताईन्छ ।

यसैबीच गृह मन्त्रालयले तीन पटक सूचना प्रकाशित गरी प्राधिकरणका लागि कार्यकारी प्रमुखको माग गर्दा जम्मा २९ वटा आवेदन परेका थिए । जसमध्ये १३ जनाको आवेदन स्वीकृत गरिएको छ भने बाँकी १६ जना अस्वीकृत भएका छन् ।

आवेदन स्वीकृत भई प्राधिकरणको कार्यकारी प्रमुखको प्रतिस्पर्धामा रोहितकुमार यादव, डा. नारायणप्रसाद मरासिनी, डा.सुबोध ढकाल, सुनिल सन शाक्य, डा. हरिराम पराजुली, तोयनाथ सुवेदी, पिताम्बर अर्याल, अरुणकुमार पाल, ठूले राई, विष्णुप्रसाद खरेल, प्रेमबहादुर थापा, अनिल पोख्रेल र कृष्णाकुमारी कार्की रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि १३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

गृह मन्त्रालयले तीन पटकसम्म सूचना प्रकाशित गरी कार्यकारी प्रमुख माग गर्दा १३ जना प्रतिस्पर्धीको आवेदन स्वीकृत भएको हो।आवेदकहरुको शैक्षिक योग्यता, तालिम र अनुभवका लागि २५ पूर्णाङ्क राखिएकोमा सबैभन्दा बढी अंक डा. सुबोध ढकाल र डा. प्रेमबहादुर थापाले प्राप्त गरेका छन् । दुवैले २५ पूर्णाङ्कमा २४.५ अंक प्राप्त गरेका छन् भने राईले २१.५ पाएका छन् । यो हिसाबले राई चौथो नम्बरमा परेका छन् ।

गृह मन्त्रालयका अनुसार प्रतिस्पर्धामा सहभागी अन्य प्रतिस्पर्धीमध्ये यादवले १९, मरासिनीले २१, शाक्यले १८, पराजुलीले २२, सुवेदीले १९, अर्यालले २०, पालले २२.५, खरेलले १९, पोख्रेलले २०.५ र कार्कीले २१.५ अंक प्राप्त गरेका छन् ।

‘अन्तरवार्ता, प्रस्तुतीकरण र आवेदकले पेश गरेको सोचपत्रबाट प्राप्त गर्ने अंक र अहिले प्राप्त गरेको अंक जोड्दा जसको बढी आउँछ उही कार्यकारी प्रमुखका लागि छनौट हुन्छन्,’अन्तिम पटक प्रकाशन गरिएको सूचनामा गृहले आवेदनसहित ३ हजार शब्दको सोचपत्र र पाँच वर्षे व्यवसायिक कार्ययोजना पनि मागेको थियो । विपद्का घटनाले बर्से्िन नेपालमा अर्बौ रुपैयाँको नोक्सानी गर्दै आएको छ ।

बिपद्का घटनाले बर्से्िन नेपालमा ४ अर्ब रुपैयाँभन्दा बढीको क्षति गर्दै आएको छबिपद्का घटनाले ठूलो मानवीय र आर्थिक क्षति गरेपछि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोच अघि बढाएको हो । बिपदका घटना र यसले र्पुयाउने क्षति कम गर्न सरकारले प्राधिकरणलाई अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्