चितवनदेखि कैलालीसम्म माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा



काठमाडौं : माछापुच्छ्रे बैंकले देशका विभिन्न ११ जिल्लामा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले चितवनको हाकिमचोक, पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहिको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा, तैलिहवा, दाङ्गको तुल्सीपुर, लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा गरि ११ जिल्लामा नयाँ शाखा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपालीका तथा नगरपालीकाका स्थानिय जनप्रतनिधि एवै तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्द प्रसाद महतोले संयुक्त रुपमा बैंकको उद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सैँ घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा १ सय ४४ शाखा र १ सय ३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ७७ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ । साथै देशभर रहेका १ सय ६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्