३० हजार मेट्रिक टन धान खरीद गरिने


काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरीद गर्ने भएको जानकारी गराए । गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरीद गरेको थियो ।

“प्रारम्भिक चरणमा हामीले ३० हजार मेट्रिक टन धान खरीद गर्ने निर्णय गरेका छौँ”, उनले भने, ‘‘उक्त धान खरीद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरीद गर्ने भनेर निर्णय गर्दछौँ ।” धान खरीद गर्नका लागि कम्पनीले महेन्द्रनगर, धनगढी, टीकापुर, राजापुर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, लहान, विराटनगर र विर्तामोडमा खरीद केन्द्र पनि सञ्चालन गरिसकेको उनले जानकारी दिए ।

कम्पनीले खरीद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थरिकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ । यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ । मसिनो धानको मूल्य भने खरीद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्ने सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १