चन्द्रविनायक तथा भैरवनाथलाई चावहिलबाट पशुपतिसम्म घुमाइँदै


काठमाडौं : चन्द्रविनायक जात्राको दोस्रो दिन गणेश र भैरवलाई खटमा राखी चावहिल क्षेत्रमा घुमाउन शुरु गरिएको छ । नेपाल संवत् ८०० मा राजा भुपालेन्द्र मल्लको पालामा शुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चावहिल क्षेत्रमा मनाइन्छ ।

ऐतिहासिक, सांस्कृतिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ । जात्राको दोस्रो दिन अमालकोट कचहरीका द्वारेले पूजा गरेपछि टोलटोलका गुठियारले पूजा आजा गर्ने परम्परा छ । मङ्गलबार बिहान श्री चन्द्रविनायक र श्री भैरवको पूजा गरी जात्रा शुभारम्भ भएको थियो ।

चार दिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । बुधबार र बिहीबार चावहिल चुच्चेपाटीबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाई शुक्रबार सिन्दुर जात्रा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले जानकारी दिए ।

उपत्यकाका चार गणेशमध्येको चन्द्रविनायक चार वर्षअघिको भूकम्पले क्षतिग्रस्त बनेको थियो । एक वर्षअघि पुनःनिर्माण शुरु भएपनि पुराना र नयाँ सामग्रीको विवादले काम रोकिएको छ । जात्रापछि मात्र फेरि पुनःनिर्माण शुरु हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बझाङ : शनिबार बिहान बझाङको केदारस्युँ गाउँपालिका–८ को मललेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई

काठमाडौं : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना संक्रमण देखिएको छ ।

जनकपुर : जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । भैंसी चराउन

गोरखा : गोरखामा एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररच

बझाङ : बझाङमा शनिबार बिहान पहिरो जाँदा १७ घर पुरिएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली सुदूरपश्चिम प्रदेश

धनगढीः कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंगठन नेविसंघका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको विषयलाई लिएर फेरि एकपटक चीनमाथि हमला गरेका छन्

तम्घास : गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन्

एजेन्सी : आफ्नो पहिलो नाम मात्रै बताउन चाहने गीत देशका लागि खतरा भन्दै टिकटकसहित दर्जनौँ