सिरहामा डेढ लाखको भन्सार छलिका सामान नियन्त्रण



राजविराज: जिल्ला प्रहरी कार्यालय सिरहाले मंगलबार एकै दिन करीब डेढ लाख मूल्य बराबरको भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ।

 

भारतीय बजारबाट नेपाल भित्र्याइएका किराना, कस्मेटिक र आयुर्वेदिक गरी १ लाख ३१ हजार ९ सय मूल्य बराबरको अवैद्य सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताए।

 

ईलाका प्रहरी कार्यालय माडर र औरहीबाट खटिएको प्रहरी गस्ती टोलीले चाडपर्वलाई लक्षित गरी तस्करहरूले भित्र्याएको चिरचिरी, फूलझारी, क्लासिक चक्कर, बुलेट बम, हाइड्रो फोइल्स लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

 

नियन्त्रणमा लिइएको सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको डिएसपी खरेलले बताए।

प्रतिक्रिया दिनुहोस्