राजपा सप्तरीको संयोजकमा सिंह



राजविराज: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन भएका छन् ।

 

अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महीनाका लागि अध्यक्षमा चयन गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्