दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु



कैलाली : दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी ओडलाई सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पताल नआइपुग्दै ओडको मुत्यु भएको को आकस्मिक क्रक्षका इन्चार्ज कृष्ण बोहोराले जानकारी दिए ।

 विस्ना रविको सौतेनी आमा हुन् । रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्