सर्लाहीकी कोरैसा खातुनले गरिन २२ वर्षीया सौताको विभत्स हत्या



सर्लाही : सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुरकी एक महिलाले आफ्नै सौताको हत्या गरेकी छन् । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले घरमा कोही नभएको अवस्थामा २२ वर्षीया सौता खुर्सिदा खातुनको विभत्स हत्या गरेकी हुन् ।

पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हानेर हत्या गरी शव झोलामा हालेर फाल्न लैजाँदै गरेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताएका छन् ।

जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्