प्रमोद पन्तको मर्मस्पर्शी संगितमा शिव परियारको आवाज (भिडियो)



काठमाडौं : लोकप्रिय गायक शिव परियारको आवाजमा “पाप लाग्ला कि” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा संगीतकार प्रमोद पन्तको सुमधुर संगीत तथा गीतकार मनोज बराकोटीको शब्दमा सो म्युजिक भिडियो बनेको छ । पन्तले अन्य थुप्रै गीतहरुमा पनि मर्मस्पर्शी संगित दिदै आएका छन् ।

गोपाल साउदको निर्देशन रहेको भिडियोमा साउदकै अभिनय रहेको छ भने उनलाई सिमरन लामाले साथ दिएकी छिन् ।

भिडियोमा पञ्जाबको सुन्दर दृश्य पनि देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्