यस्तो छ कास्की क्षेत्र २ को चुनावी हिसाव किताव



पोखरा : मंसिर १४ गते हुने उपनिर्वाचनको लागि अहिले सत्तारुढ दल नेकपा र प्रमुख प्रपिक्षी दल नेपाली कांग्रेसबीच उम्मेदवार घोषणासँगै चुनावी प्रचार प्रसालाई तिव्रता दिईरहेका छन् ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिसभाको कास्की क्षेत्र न. २ मा विद्या भट्टराईलाई उठाएको छ भने उक्त क्षेत्रमा कांग्रेसले खेमराज पौडेललाई उठाएको छ । मुख्यत : यस क्षेत्रमा यी दुई दलबीचमै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको फागुन १५ गते ताम्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि रिक्त भएको यस क्षेत्रबाट अधिकारीले जितेका थिए । अहिले पनि उनकै श्रीमति भट्टराईलाई उठाएको हुनाले नेकपाले जित हासिल गर्ने अडकल गरिएको छ । अर्को भनेको उनलाई सहानुभूतिको भोट धेरै आउने भएकोले पनि जितिन्छ भन्ने छ ।

अधिकारीले चालिसे भन्दा ८ हजार ५ सय ४६ मतान्तरले जित हात पारेका थिए । यसपटक पनि ८ हजार मतान्तरले जित्ने नेकपाको आंकलन छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा स्वर्गीय अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए । सो निर्वाचनमा कूल ४९ हजार ९ सय १४ मत खसेको थियो । कास्कीमा तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत पाएको थियो । नेकपा मालेले ५ सय ४९, सङ्घीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत ल्याएका थिए ।

त्यसबेला १ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो भने निर्वाचनमा १ हजार ४ सय ६४ मत बदर भएको थियो । कास्की २ भित्र ११ वडा छन् । स्थानीय तहको चुनावका आधारमा हेर्दा अधिकांश वडामा नेकपाको वर्चश्व छ ।

प्रतिक्रिया दिनुहोस्