कर्मचारीहरुको उमेद हद ६० पुग्ने



काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी प्रस्ताव गरिएको छ । लामो समयदेखि विवादको विषयको रुपमा रहेको निजामती कर्मचारीहरुको उमेर हदका विषयमा संसदको राज्य व्यवस्था समितिमा यो सहमती जुटेको हो ।

निजामती सेवा ऐनको संशोधन गर्दै बनाइएको यस सम्बन्धी विधेयक अहिले राज्य व्यवस्था समितिमा छलफलका क्रममा छ । अहिलेसम्म कर्मचारीहरुको उमेर हद ५८ वर्ष रहेको छ । समितिमा यो विधेयकको विषयमा सहमती जुटेपछि यसलाई संसदको बैठकमा पेश गरिने छ ।

संसदले पारित गरेर राष्ट्रपतिले लालमोहर लगाएपछि ऐनका रुपमा कार्यान्वयमा आउने छ ।
विधेयकका विषयमा जारी छलफलमा सांसदहरुले नेपालको निजामती प्रशासनलाई समय सापेक्ष सुधार गर्दै प्रभावकारी बनाउन पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्