आइजी खनालसहित उच्च प्रहरी अधिकृत कञ्चनपुर प्रस्थान



फाइल तस्बीर

काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उच्च प्रहरी अधिकृतको टोली कञ्चनपुर हिँडेको छ। केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, आइजी सचिवालयका एसपी रामदत्त जोशीसहितको टोली कन्चनपुर गएको हो। 

 

निर्मला हत्या अनुसन्धानबारे बुझ्न र समुदाय प्रहरी साझेदारी कार्याक्रममा सहभागी हुनु कंचनपुर लागायत विभिन्न प्रदेशको भ्रमणमा अधिकारीहरु गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मंगलबार साँझ हिडेको टोली अहिले कपिलबस्तु पुगेको र बेलुका कंचनपुर पुग्ने जनाइएको छ। 

 

टोलीमा अपराध अनुसन्धानमा दख्खल राख्ने  प्रहरि अधिकारी समेतको सहभागीता रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्