कर्मचारीको वृत्ति विकासको ढोका बन्द भएकाे छैन : मन्त्री पण्डित



काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीको वृत्ति विकासको ढोका बन्द नगरिएको बताएका छन् ।

 

बुधवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पण्डितले केन्द्र सरकार मातहत रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जानुपर्ने भएकोले मनोवैज्ञानिक त्रास मात्र भएको बताएका हुन् ।

 

‘कर्मचारी समायोजन अध्यादेशमा कुनै पनि राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासको ढोका बन्द गरिएको छैन’ उनले भने ‘हिजोको केन्द्रीय प्रणाली अन्तर्गत रहेका कर्मचारीहरू अब सङ्घीय प्रणालीमा प्रदेश र स्थानीय तहमा जानुपर्ने भएकाले उहाँहरूलाई थोरै मनोवैज्ञानिक प्रभावहरू देखा परेको मात्रै हो ।’

 

प्रदेश र स्थानीय तहको विकास निर्माण र सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि अध्यादेश ल्याइएको मन्त्री पण्डितको स्पष्टोक्ति थियो ।

प्रतिक्रिया दिनुहोस्