क्रोएसियामा डिसेम्बरमा राष्ट्रपति चुनाव


जाग्रेब : क्रोएसिया सरकारले आगामी डिसेम्बर २२ मा राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । अर्को वर्ष संसदको निर्वाचन हुनुअघि हुन लागेको यस निर्वाचनले प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकको लोकप्रियता पनि परीक्षण गर्नेछ ।

हालका बहालवाला राष्ट्रपति कोलिन्डा ग्राबर–किटारोभिकलाई प्रधानमन्त्रीको सत्तारुढ दल एचडीजेडको समर्थन प्राप्त छ, र उनी पनि दोस्रो कार्यकालका लागि उम्मेदवार बन्ने छन्। युरोपेली संघको पहिलो महिला सरकार प्रमुख समेत हुनुभएकी ५१ वर्षीया पूर्व कुटनीतिज्ञ कोलिन्डा नै चुनावी मतसर्वेक्षणमा अग्रस्थानमा छन्।

उनका मुख्य प्रतिस्पर्धीमा पूर्व समाजवादी प्रजातान्त्रिक प्रधानमन्त्री जोरान मिलानोभिक रहेका छन्। साथै यस चुनावमा लोकप्रिय लोकगायक मिरोस्लाब स्कोरो पनि स्वतन्त्र उम्मेदवारका रुपमा रहेका छन् र उनलाई दक्षिणपन्थीहरुको समर्थन प्राप्त छ ।

डिसेम्बरको चुनावमा कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा आगामी जनवरी ५ मा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको चुनाव हुनेछ । क्रोएसियामा राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ र संविधान अनुसार यो पद आलङ्कारिक हो ।

राष्ट्रपति मुलुकको सेनाको सर्वोच्च कमान्डर रहनुका साथै विदेश नीति निर्माणमा राष्ट्रपतिले सहयोग गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार