हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई पराजित गर्‍याे



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा हिमालयनले ब्रिगेडलाई ४–१ गोल अन्तरले हराएको हो ।

 

पहिलो हाफ गोल रहित बराबरी खेलेपनि दोस्रो हाफको ४६ औ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रीकले हिमालयनलाई अग्रता दिलाए । ५४ औ मिनेटमा हिमालयन शेर्पाले अग्रतालाई दोब्बर बनायो । बिशोन गुरुङले हानेको बल गोलकिपरको हातबाट फुस्किएर गोल भएको थियो । 

 

६३ औ मिनेटमा विश्वास तेस्रो गोल श्रेष्ठले गरे । चौथो गोल खेलको ८० औ मिनेटमा विश्वासले नै गोल गर्दै ब्रिगेडलाई ४–० को स्थितीमा पुर्‍याए । खेल सकिन ३ मिनेट बाँकी छदाँ ब्रिगेडका बर्तमान राईले शानत्वना गोल गरे ।

प्रतिक्रिया दिनुहोस्