राजपा सदस्यता वितरण माघ १५ सम्म, झाले बहिष्कार गरे अध्यक्षमण्डल बैठक



काठमाडौं : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको बुधबार बसेको अध्यक्षमण्डल बैठक सकिएको छ । पार्टी मुख्यालय काठमाडौंमा बसेको बैठकले पार्टी सदस्यता वितरणको म्याद माघ १५ गतेसम्मका लागि तोकेको छ । 

यसअघि आसन्न महाधिवेशनलाई दृष्टिगत गरी पार्टी सदस्यता वितरण मंसिरसम्म दिने निर्णय भएको थियो । तर, मंसिरको पहिलो सातामा पाटी अध्यक्षमण्डल संयोजक फेरिएपछि अध्यक्षमण्डल बैठक बस्न नसक्दा अहिलेसम्म सदस्यता विषयमा टुंगो लाग्न सकेको थिएन । 

 

आज बसेको भनिएको बैठकले प्रत्येक जिल्लामा पुस १८ गते पार्टीको विस्तारित बैठक र त्यसअघि पुस २५ गते प्रत्येक वडामा विस्तारित बैठक गरी सदस्यता अभियानलाई गति दिन अध्यक्षमण्डललाई निर्देशन दिने निर्णयसमेत गरेको छ । 

 

अध्यक्षमण्डलको बैठकलाई अनिलकुमार झाले बहिष्कार गरेको बताइएको छ ।  गत मंसिरमा बहुमतका आधारमा तत्कालीन अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर फेरिएकाले सबै काम बहुमतबाटै गर्नू भन्दै झाले बैठक बहिष्कार गरेको बताइएको छ । राजपा विधान अध्यक्षमण्डल बैठकको निर्णयमा सर्वसम्मत निर्णय गर्ने प्रावधान छ ।

राजपा महाधिवेशन यसअघि नै वैशाख ७, ८ र ९ गतेका लागि तोकिएको छ । महाधिवेशनको मिति सार्न नसकिने वैधानिक बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्