इन्फर्मेसन टेक्नोलोजी र टुरिजम इन्डष्ट्रीलाई मिलाएर उद्योगका रुपमा विकशित गर्नुपर्छ : कुँवर



काठमाडौं : कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) को निर्वाचन मंसिर ७ गते हुँदैछ । यसको लागि उम्मेदवारी घोषणा गरी उम्मेदवारहरु मैदानमा आउने क्रम जारी छ । यसै शिलशिलामा हाल वरिष्ठ उपाध्यक्ष रहेका नवराज कुँवर र उपाध्यक्ष सुनैना घिमिरे पाण्डेयले प्यानल बनाएर निर्वाचन लड्दैछन् । निर्वाचनका लागि प्यानलको घोषणासँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएका छन् ।

यसै शिलसिलामा कुँवरले पनि आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनी २७ वर्षदेखि क्यानको सदस्यको रुपमा अनवरत रुपमा लागेका छन् । क्यान संघ हुँदादेखि निरन्तर लागिरहेका कुँवर अहिले वरिष्ठ उपाध्यक्ष रहेका छन् । उनले अहिलेसम्म क्यानको भलो चिताउने काम गरेको र आगामी दिनमा झन क्यानलाई अझ अगाडी बढाउनको लागि विशेष पहल गर्ने बताएका छन् ।
अहिले आईटीका जमानामा यसैको माध्यमबाट देश र संसार बुझ्न सकिने अवस्था छ । यो कुरालाई मध्यनजर गर्दै उनी आफ्नो नेतृत्वलाई अगाडी बढाउन चाहन्छन् । संस्थालाई अझ शुदृढ गर्न लागि पर्ने उनी बताउँछन् । संस्थालाई प्रशासनिक रुपमा शुदृढिकरण गर्न लागि पर्ने उनको योजना रहेको छ । एउटा आन्तरिक शुदृढिकरण छ भने अर्को चाहिँ देशमा सूचना प्रविधिको विकास विना कुनै पनि क्षेत्रको विकास हुन नसकेको अवस्था छ । त्यसकारण सरकारका राम्रा कामलाई प्रशंसा गर्दै उसले सूचना प्रविधिको क्षेत्रमा ल्याएका विषयलाई व्यावसायिक हिसाबले लाग्न पनि आउनुपर्छ भन्ने हिसाबले लबिङ गर्ने उनको कथन छ ।

अब अन्तर्राष्ट्रिय च्याप्टर गठन गर्ने पनि उनको सोच रहेको छ । त्यसका लागि कम्तिमा पनि सात वटा अन्तर्राष्ट्रिय च्याप्टर बनाएर विश्वमा विकास भएको प्रविधिलाई नेपालमा भित्र्याउने लक्ष्य पनि उनले राखेको बताए ।

अहिले नेपाल सरकारले भिजिट २०२० लाई आधार मानेर र आफ्नो कार्यकालमा आइटी र टिआई (इन्फर्मेसन टेक्नोलोजी र टुरिजम इन्डष्ट्रि) लाई मिलाएर उद्योगको रुपमा नेपालमा एउटा सेमिनार गर्ने लक्ष्य कुँवरको रहेको छ । यस्तै नेपाल सरकारले एउटा नारा ल्याएर आएको छ– समृद्ध नेपाल, सुखी नेपाली । वास्तवमा जबसम्म हरेक क्षेत्रको विकास समानान्तर रुपमा हुँदैन, तबसम्म त्यो नारा पुरा हुन सक्दैन । यस कारण सरकारलाई पर्यटनको विकासको कुरा गरौं, चाहे शिक्षाका कुरा गरौं वा उद्योगका, हरेक क्षेत्रमा सूचना प्रविधिलाई टुल्सको रुपमा प्रयोग गर्न सकियो भने त्यो क्षेत्रको विकास हुन्छ त्यसै अनुसार अगाडी बढ्न उनको आगह्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्