दुग्ध विकास संस्थानले माग्यो १ सय २३ कर्मचारी



काठमाडौं : दुग्ध विकास संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी १ सय २३ जना कर्मचारीको माग गरेको छ ।

संस्थानले अधिकृतस्तरमा ३३ जना र सहायक स्तरमा ९० जना कर्मचारी माग गरेको हो ।

संस्थानको पदपूर्ति समितिले जारी गरेको सूचनामा आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्