यस्तो छ बागलुङ क्षेत्र नं. २ ‘ख’को चुनावी माहौल



बागलुङ : यस निर्वाचन क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले जित शेरचनलाई उम्मेदवार बनाएको छ ।

बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘ख’ सदस्य टेकबहादुर घर्तीको अघिल्लो वर्ष मंसिर २७ गते दिल्लीमा निधनपछि सो क्षेत्र खाली रहेको थियो ।

यसअघि जनमोर्चाकै सांसद घर्तिले जितेको र यसपटक पनि जनमोर्चालाई नै टिकट दिएकोले पनि शाहीको जित लगभग सुनिश्चि जस्तै रहेको छ । यो निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ३८ हजार ७ सय १ मतदाता रहेका छन् ।

त्यस बेला वाम गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सांसद घर्तीले ११ हजार ८ सय ८४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका जित शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए । सो निर्वाचनका बेला त्यहा कूल ३३ हजार २ सय ४० मतदाता रहेका थिए ।

यो क्षेत्रमा उपनिर्वाचनका लागि ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा ४२ मतदानस्थल र बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्