बंगलादेशका राष्ट्रपति हमिद आज स्वदेश फर्किँदै, विमानस्थल आधा घन्टा बन्द हुने



काठमाडौं : चारदिने नेपाल भ्रमण सकाएर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बंगलादेश फर्किदै छन् । गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करिब पाँच बजे स्वदेश फर्किँदैछन् ।

हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

शुक्रबार अपराह्न चार बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले आज चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । हमिदले भक्तपुर दरबार स्क्वायर र पोखरा भ्रमण गरीसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्