गाँजासहित एक पक्राउ



लहान : ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ निवासी ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। यस्तै कर्तव्य ज्यान मुद्दामा फरार धनगढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय रामेश्वर सिंहलाई आज प्रहरीले पक्राउ गरेको छ ।

घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्