चितुवाको आक्रमणबाट एक महिला घाइते



बैतडी : चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बुधबार एक महिला घाइते भएकी छन्। शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी चितुवाको आक्रमणवाट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्र बहादुर बोगटीले जानकारी दिए। 

बुधबार मध्यान्ह स्थानीय ओल्या ओखेडानीमा वनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो। घाइते धनाडीको मुखमा, दायाँबायाँ कुममा घाउ रहेको र उनको स्थानीय स्वास्थ्यचौकी उपचार भइरहेको छ। 

धनाडीलाई चितुवाले आक्रमण गरेको भनेर स्थानीय दिलीप सिंह धनाडीले फोनमार्फत् जानकारी गरेपछि प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको छ। चितुवाले  वि. स. २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ। प्रशासनले धेरैपटक चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वन रक्षकको टोली पठाएको भए पनि फेला पार्न नसकी फर्किने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्